गण्डकी अपडेटः १७ जनामा संक्रमण,३० जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा १७ संक्रमित थपिएका छन् । भने ३० जना संक्रमुक्त भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा २२० जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका ६,मनाङका ३, म्याग्दीका २, तनहुँका १, नवलपरासीका २, स्याङ्जाका २ र बागलुङका १ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ९२७ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८० पुगेको छ ।

हाल प्रदेशमा १८२ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १७६ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६५ पुगेको छ।

  • २२ फाल्गुन २०७८, आईतवार १६:३९ प्रकाशित