धनुषामा गोली चल्योः एक युवक घाइते

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१९ मा गोली भएको गोली प्रहारबाट कमला नगरपालिका ८ निवासी १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन् ।

मामाको किराना पसलमा बसिरहेको बेला उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार शनिबार राति साढे ८ बजेतर्फ किराना पसलमा ५/६ जनासंग बसेर कुरा गरिरहेको बेला मुकेशमाथि गोली प्रहार भएको हो ।

घाँटीमा गोली लागेका मुकेशको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौं पठाइएको छ। गोली प्रहार गर्न प्रयोग भएको पेस्तोल प्रहरीले बरामद भइसकेको र गोली प्रहार गर्ने मानिसको पनि पहिचान खुलिसकेकोले खोजी कार्य जारी रहेको बताइएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार १५:३६ प्रकाशित