माधव नेपालले भने,‘ओलीको बितन्डा कति सहने, संसद भंग गरौँ’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन् ।

संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने भनाई राखेका हुन्। उनले भने,‘संसद्‌मा केपी ओली कति सहने । एमालेले हाउस चल्न पनि नदिने, भत्ता खाइरहने, हामीलाई पनि हैरान पार्ने, त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न । अब सबै निर्वाचनमा जाऔं ।

एमालेले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही गर्नुपर्ने माग गर्दै आएको छ । आफ्नो पार्टी फुटाउन सभामुख अग्निप्रसाद सापकोटाले भुमिका खेलेको भन्दै उनीहरुले उनको राजिनामा पनि माग गर्दै संसदमा अवरोध पुर्याउँदै आइरहेका छन् ।

 

  • २२ फाल्गुन २०७८, आईतवार १५:३० प्रकाशित