बलात्कार आरोप लागेका एमाले सांसद मोहन बानियाँ निलम्बित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बित भएका छन् । आइतबार बसेको प्रतिनिधि सभाले बानियाँलाई सांसद पदबाट निलम्बन गरेको हो ।

बलात्कार आरोप लागेका मुगुका सांसद बानियाँलाई नेपालगन्जबाट प्रहरीले पक्राउ गरेको थियो । बानियाँविरुद्ध बलात्कार आरोप लागेपछि गत फागुन १६ गते जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उनलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरेको थियो । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो । पीडित महिलाले बानियाँविरुद्ध माघ २७ गते नै जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् ।

  • २२ फाल्गुन २०७८, आईतवार १५:०७ प्रकाशित