दमौली आगलागी अपडेटः झण्डै साढे तीन घण्टापछि नियन्त्रणमा आयो आगो

केन्द्रभाग मिडिया

काठमाडौं ।

तनहुँको दमौलीबजारमा लागेको आगो झण्डै साढे तीन घण्टापछि नियन्त्रणमा आएको छ । बिहान सवा १० बजेदेखि लागेको आगो केही बेर अघि मात्रै नियन्त्रणमा आएको हो ।

दमौलीको भुपाल हार्डवेयर पसलमा लागेको आगो फैँलिदै जाँदा नियन्त्रण गर्न कठिन भएपछि हेलिकप्टरबाट पानी खन्याइएको थियो । त्यस्तै आगो निभाउन व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो ।

आगलागीबाट चारवटा घरमा क्षति पुगेको बताइए पनि अन्य क्षतिको विवरण आएको छैन । विद्युत् लाइन सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार १४:१२ प्रकाशित