एमालेले प्रदेश संसद पनि अबरोध गर्नुपर्छ : सांसद विष्ट

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशसभा सदस्य एवं नेकपा एमाले गण्डकी प्रदेश समिति सदस्य इन्द्रधारा विष्टले संघीय संसदमा जस्तै गण्डकी प्रदेशमा एमालेले अबरोध गर्नुपर्ने बताएका छन् ।

आइतबार पोखराको रेडियो बाराहीमा पत्रकार गोविन्द सुवेदीसंगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले एमाले प्रति पूर्वाग्रह साँधेर आलोकतान्त्रिंगले एमालेले निस्कासन गरेका सांसदलाई संसदमा प्रवेश दिएको आरोप लगाए । त्यसले नेकपा एमालेको नेतृत्व देखि कार्यकर्तासम्मलाई चोट पु¥याएको उनको भनाई छ ।

एमालेले कारबाही गरेका १४ सांसदको पद निलम्बन हुनुपर्नेमा उनले जोड दिए । एमालेले कारबाही गरेका सांसदलाई कारबाही नभएसम्म गण्डकी प्रदेशमा पनि संसद अबरुद्ध गर्नुपर्ने आफ्नो धारणा राहेको उनले धारणा सुनाए । ‘एमालेले कारबाही गरेकालाई संसदमा आउन दिइएको छ । यसले एमाले र उसका कार्यकर्तामा गहिरो चोट परेको छ । यसको विरुद्ध गण्डकी प्रदेशसभामा पनि हामीले अबरोध गर्नुपर्छ । यो मेरो धारणा हो । संसदीय दलले केही निर्णय गर्ला’ उनले भने ।

सांसद वर्तमान कृष्णचन्द्र नेपाली नेतृत्वको प्रदेश सरकारले करोडको बजेटलाई लाखमा र लाखको बजेटलाई हजारमा झारेको समेत आरोप लगाए ।

जनतामा संघीयताले उत्साह ल्याएको बताएका उनले प्रदेश सरकारको पछिल्लो गतिविधिले भने निरास बनाएको धारणा राखे । ‘जनताले संघीयताले राहत दिएको महसुस गरेका छन् । तर वर्तमान सरकारले करोडको बजेटलाई लाखमा झारिदियो । लाखको लाई हजारमा झारिदियो । यसले निरासा ल्याएको छ’ उनले भने ।

  • २२ फाल्गुन २०७८, आईतवार ०८:०१ प्रकाशित