रेखा थापाले दिइन् प्रहरीमा उजुरी

केन्द्रभाग मिडिया

काठमाडौं ।

पल प्रकरणमा आफ्नो धारणा सार्वजनिक गरेपश्चात सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या भएको भन्दै नायिका रेखा थापाले प्रहरीमा उजुरी दिएकी छिन्।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहको विषयलाई जोडेर विद्युतीय माध्यममार्फत आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै रेखाले युट्युबरविरूद्ध निवेदन दिएकी हुन्।

थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएकी हुन् ।आफूसहित ऋचा शर्मा लगायत नायिकाहरुलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको रेखाले बताइन् । उनीहरुले पीडित १८ वर्ष मुनिकी नाबालिग गायीकाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

  • २० फाल्गुन २०७८, शुक्रबार १७:१० प्रकाशित