गण्डकी अपडेटः १ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ ।

ज्यान गुमाउनेमा पोखरा ३१ का ५६ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३५५ जनामा परीक्षण गरिएको निर्देशनालयले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका ७, म्याग्दीका २, लमजुङका १, पर्वतका १ र स्याङ्जाका २ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ९१० पुगेको छ भने निको हुनेको संख्या १ लाख २२५ पुगेको छ ।

हाल प्रदेशमा १९५ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये १९० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६५ पुगेको छ।

  • २० फाल्गुन २०७८, शुक्रबार १६:३३ प्रकाशित