दोलखा ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोलखा र रामेछापको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङ पुगेका छन् । शैलुङ साहित्यिक-सांस्कृतिक महोत्सव २०७८ उद्घाटनका लागि ओली शैलुङ गएका हुन् ।
मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन भएका छन् ।
ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ ।महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गरेका थिए ।
ओलीले कालिन्चोकमा नवनिर्मित केबुलकारको समेत उद्घाटन गरेका छन् ।