पोखरा–२० मौजामा शिवरात्रि मेलामा एकको हत्या, तीन जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका २० मौजामा शिव रात्रिको अवसरमा आयोजना गरिएको मेलामा एक जनाको हत्या भएको छ।

स्थानीय युवाले आयोजना गरेको मेलामा मदिरा सेवन गरेका गाउँकै युवाबीच झगडा हुदाँ चक्कु हानाहान भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। सोही क्रममा स्थानीय ३५ वर्षीय चोकबहादुर गुरुङको हत्या भएको हो ।

हत्या आरोपमा निशान गुरुङ, प्रकाश गुरुङसहित तीन जनालाई पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । पीडित परिवारको किटानकै आधारमा उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।

डीएसपी तिवारीको अनुसार घटना हुने वित्तिकै भागिरहेको अवस्थामा २ जनालाई चक्कुसहित परेका हुन् । अर्का एक जना आज समातिएका हुन् । उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

चक्कु लागेपछि घाइते भएका चोकबहादुरलाई उपचारका लागि गाउँलेले मनिपाल अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

  • २० फाल्गुन २०७८, शुक्रबार ०९:४९ प्रकाशित