राष्ट्रियसभाका यी २० सांसद जसको पदावधि आजदेखि सकियो(नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिदैँछ ।

२०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चारवर्षे कार्यकालमा परेकाहरु आजबाट बिदा हुन लागेका हुन् ।

आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेल रहेका छन् ।

कांग्रेसका दृगनारायण पाण्डे, तारादेवी भट्ट, राधेश्याम अधिकारीको पनि आजबाट पदावधि सकिदैँछ ।नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशीकला दाहाल पनि आजबाट बिदा हुदैँछन् ।

नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको पद पनि आजबाट समाप्त हुँदैछ । मनोनित सांसद रामनारायण विडारी पनि राष्ट्रियसभाबाट बिदा हुनेछन् ।

  • २० फाल्गुन २०७८, शुक्रबार ०९:०४ प्रकाशित