जनकपुरधाम।
नेपाली कांग्रेसको महोत्तरी सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिका पदका लागि हिजो(बुधबार)तीनजनाले उम्मेदवारी दर्ता गराएसँगै त्रिपक्षीय भिड्न हुने पक्का भएको छ। जिल्ला सभापति पदमा नेपाली कांग्रेसका नेता नागेश्वर यादव, बजरंग नेपाली र सुशिल यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएपनि पहिलो चरणमै मत परिणम आउने आंकलन गरिएको छ । सभापतिमा तीनै उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।