गण्डकी सरकारले महिलाको प्रजनन अंगसंग सम्बिन्धीत क्यान्सरको उपचारका लागि ५० हजार दिने

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पदभार ग्रहण गरेको दिन गरेको निर्णय ९ महिना पछि कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री पोखरेलले सरकारको नेतृत्व सम्हालेको दिन गएको जेठ २९ गते महिलाको पाठेघर र स्तन क्यान्सरको प्रदेश सरकारले निशुल्क उपचार गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।

पोखरेलको उक्त निर्णय कार्यान्वयन गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतम र गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले बुधबार निःशुल्क उपचार सहायता कार्यक्रमको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संघ सरकारले महिलाको पाठेघर र स्तन क्यान्सरको उपचारका लागि १ लाख दिने गरेको छ । प्रदेश सरकारले त्यसैमा थपेर उपचारका लागि थप ५० हजार दिने भएको छ ।

संघ सरकारले दिने एक लाख रुपैया उपचारका लागि अपुग भएमा प्रदेश सरकारको ५० हजार रुपैया उपचार खर्च विरामीले पाउने छन् । नेपाल सरकारले उपलब्ध गराउने एक लाख खर्च भइसकेपछि गण्डकी प्रदेशका महिलाले यो सुविधा लिन पाउने क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर गौतमले जानकारी दिए ।

महिलाका प्रजनन अङ्गसँग सम्बन्धित क्यान्सरको उपचारमा यो सहुलियत लिन पाइने छ गण्डकी सरकारले जनाएको छ । गण्डकी प्रदेशमा बसोबास गरेको प्रमाणित भएकाले यो सुविधा लिन पाइने स्वास्थ्य मन्त्रालयका सचिव तिवारीले बताए । तिवारीले प्रदेश सरकारको नीतिअनुरुप नै यो सम्झौता गरिएको बताए ।

विरमीले उपचारमा जादाँ वडाको सिफारीस भने अनिर्वाय अस्पताललाई देखाउनुपर्नेछ । यो कार्यक्रमकाल लागि गण्डकी सरकारले चालु आर्थिक वार्षका लागि ५० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।

  • १८ फाल्गुन २०७८, बुधबार १६:३७ प्रकाशित