सूचना आयोगको वार्षिक प्रतिवेदन संसदमा पेश, अर्को बैठक आइतबार

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षीको विरोधकै बीच राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक सुरु भएको जनाउ दिनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २२ गते आइतबार दिउसो १ पुनः बस्नेछ ।

  • १८ फाल्गुन २०७८, बुधबार १५:२३ प्रकाशित