नारायणकाजीलाई फकाउन हात्तीवन पुगे प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमसीसी पारित भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठबीच खटपट देखिएको छ।

एमसीसी संसदबाट पारित भएपछि श्रेष्ठले कालो दिनको भन्दै सामाजिक सञ्जालमा लेखेपछि उनीहरुबीच खटपट देखिएको हो । एमसीसीमा प्रचण्डको यु–टर्नकै कारण पार्टी फुट्ने सक्ने देखिएपछि प्रचण्ड श्रेष्ठलाई फकाउन उनको निवास हात्तीवन पुगेका छन् ।

एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् । यही विषयलाई लिएर मओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठबीच मतभेद बढेको छ ।

एमसीसीका विषयमा पार्टीभित्र असहमति राखिराखेका श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनकै निवास गएका हुन् ।

एमसीसीमा सहभागि भएपश्चात स्पष्टीकरण दिन प्रचण्डले हिजो(१६ फागुन)मा खुमलटारमा पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा नारायणकाजी श्रेष्ठको नामै लिएर विगतमा महाकाली सन्धीको विरोध गरेर बामदेव गौतमले नयाँ पार्टी खोलेको उदाहरण दिई त्यस्तो गल्ती नगर्न प्रचण्डले आग्रह गरेका थिए ।

जनता र कार्यकर्ता श्रेष्ठको पछि नलाग्ने भन्दै आफ्नो बाटो लाग्न कसैले नरोक्ने समेत प्रचण्डले बताएका थिए ।

  • १७ फाल्गुन २०७८, मंगलवार १७:०० प्रकाशित