हामीले व्याख्यात्मक घोषणाको पहल नगरेको भए एमसीसी जस्ताको तस्तै पारित हुन्थ्योः माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

एमसीसी पारित भएको दुई दिन पछि राजनितिक पार्टीले धमाधम आफुनो पार्टीगत धारणा सार्वजनिक गरिरहेका छन् । यसैक्रममा

नेकपा एकीकृत समाजवादीले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको बताएको छ ।

‘त्यसले देशलाई अप्ठेरो अवस्थामा पुर्‍याउन सक्तथ्यो, त्यसो हुनबाट रोकिएको छ, यसलाई हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलताको रुपमा लिनुपर्दछ’ अध्यक्ष माधवकुमार नेपालले विज्ञप्तिमा भनेका छन् ।

  • १७ फाल्गुन २०७८, मंगलवार १५:०६ प्रकाशित