गठबन्धनमाथि ओलीको आरोप : भने,‘एमसीसीलाई एमाले फुटाउने अस्त्र बनाइयो’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई गठबन्धले एमाले फुटाउने अस्त्र बनाएको भन्दै आरोप लगाएका छन् ।

एमसीसी संसदबाट पारित भएको दुई दिनपछि पत्रकार सम्मेलनमार्फत एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे, हाम्रो पार्टी यसखाले दूषित अभियानमा संलग्नहरूप्रति खेद प्रकट गर्दछ।’

ओलीले बाह्य सहयोग राष्ट्रिय प्राथमिकता र आवश्यकताका आयोजनामा जरुरी पर्ने बताए। तर त्यो राष्ट्रिय हित अनुकुल हुने उनको तर्क थियो।

राष्ट्रिय हित अनुकुल छैन भने राष्ट्रिय स्वाभिमानमा असर पर्छ भने त्यसलाई स्वीकार्दैनौँ। सम्झौताअघि विचार गरिनुपर्छ। सम्झौता अहिले सत्तासीन गठबन्धनका प्रमुख घटकले नै गरेका हुन् ।’उनले भने

  • १७ फाल्गुन २०७८, मंगलवार १४:२१ प्रकाशित