उपमेयर गुरुङद्धारा फेवा किनारमा धार्मिक योग पार्कको उदघाटन

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगर पालिका र स्थानियहरुको सहयोगमा पोखरा महानगर पालिका वडा नं– ६ को गौरीघाट स्थितमा निर्माण भएको धार्मिक योग पार्कको मंगलबार उदघाटन भएको छ । पार्कको उद्घाटन पोखरा महानगर पालिकाकी उपमेयर मन्जुदेवी गरेकी छन । महाशिबरात्री पर्वको अबसर पारेर पार्क सगै रहेको सर्वेश्वर शिव मन्दिरको समेत जिणोद्धार गरिएको छ ।

उद्घाटनपछि सम्वोधन गर्दै उपमेयर गुरुङले महानगर पालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्दै आएको जानकारी दिइन । धार्मिक पार्क पनि त्यहीमध्येको एक हो,’ गुरुङले भनिन, ‘पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम बमोजिम धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्दै आएका छौँ ।

आज पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो पार्क निर्माणपछि उदघाटन गर्ने चरणमा पुग्दा खुशी लागेको छ ।’ उप.प्रमुख गुरुङले कोही एक्लै अघि बढ्न नसक्ने भन्दै सबैको सहकार्यमा मात्रै पोखरा उपत्यका र समग्र देशको विकास गर्न सकिने सन्देश दिन यस्तो कार्यक्रम अघि बढाएको पनि बताइन । पार्क स्थापना गर्ने र आन्तरिक र वाह्र पर्यटन प्रर्वद्ध गर्ने उदेश्यले धार्मिक पार्क र योग पार्कहरु बन्दै जानु पर्ने कुरामा उनले जोड दिइन ।

पोखरा महानगर पालिका वडा न– ६का वडा अध्यक्ष जगतबहादुर पहारीले सांस्कृति सम्पदा संरक्षण र धार्मिक तथा पर्यटकीय पार्क निर्माणका लागि सहयोग गर्दै आएको बताए । पोखरा महानगर पालिकाको वडा नम्बर–६ मा निर्माणधिन धार्मिक योग पार्क निर्माणका लागि पनि वडा कार्यालयले सहयोग गरेको छ,’ उनले भने, ‘यो सहयोगबाट यस्तो सुन्दर पार्क बन्दा खुशी लागेको सुनाए ।’

पार्क निर्माणका परियोजनाकार अनिल थापाले पोखरा महानगर पालिका बाट ६ लाख ७४ हजार र स्थानियहरुबाट चन्दा स्वरुप प्राप्त भएको ६ लाख २७ हजार २ सय २ रुपैया समेत गरि जम्मा १३ लाख १ हजार २ सय २ रुपैयामा पार्क निर्माण सम्पन भएको जानकारी गराए ।

निर्माण समितिका अध्यक्ष लभ भुजेलले महानगरपालिका सगँ संस्कृति, सम्पदा संरक्षणमा हातेमालो गर्दै अघि बढेकोले पार्क निर्माण सम्पन्न गर्ने सफल भएको बताए ।

अध्यक्ष लभ भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यलयका प्रोफेसर दिपेन्द्र पहारी , डा. डार्विन लामिछाने र पन्डित गुरुदत्त पहारी लगाएतकाले आफ्न भनाई राखेका थिए । कार्यक्रममा पार्क निर्माण र सर्वेश्वर शिव मन्दिरको जिणोद्धार मा सहयोग गर्नु हुने सहयोगदातालाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।

  • १७ फाल्गुन २०७८, मंगलवार १५:१२ प्रकाशित