एमसीसी पारित भइसकेपछि बल्ल आफ्नो धारणा सार्वजनिक गर्दै एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज आफ्नो धारणा सार्वजनिक गर्दैछ । संसदबाट प्रतिनिधि सभाबाट पारित भइसकेपछि बल्ल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न लागेको हो ।

पार्टीको धारणा सार्वजनिक गर्न आज दिउँसो १ बजे काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । यसअघि भक्तपुरको गठ्ठाघरमा गर्ने भनिएको पत्रकार सम्मेलनको स्थान परिवर्तन गरिएको एमाले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पार्टीको आधिकारिक धारणाहरू सार्वजनिक गर्ने नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यही फागुन ८ गते प्रतिनिधिसभा बैठकमा टेबल भएको एमसीसी सम्झौता ब्याख्यात्मक घोषणासहित फागुन १५ गतेको बैठकबाट अनुमोदन भएको थियो ।

  • १७ फाल्गुन २०७८, मंगलवार १०:११ प्रकाशित