एमसीसीमा ‘व्याख्यात्मक घोषणा’ प्रति चीन सन्तुष्ट, ख्याल गरेको प्रतिक्रिया !

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालको संसद्‍बाट अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता पारित गरिए उत्तरी छिमेकी चीन रिसाउने धेरैले अनुमान गरेका थिए । तर, एमसीसीसंगै व्याख्यात्मक घोषणा आएपछि चीन यसप्रति सन्तुष्ट देखिएको छ ।

उसले नेपालको संसदबाट आइतवार अमेरिकी सहायता परियोजना एमसीसी पारित भएपछि आफू व्यख्यात्मक घोषणासंग सन्तुष्ट बनेको प्रतिक्रिया दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वनबिनले नेपालको संसदबाट पारित एमसीसीसँगै ‘व्याख्यात्मक घोषणा’को अध्ययन भइरहेको जनाउँदै एमसीसी भन्दा नेपालको संविधान माथि हुने पनि विश्वास लिएको छ ।

चीनले नेपाली जनतालाई स्वाधीन रुपमा विकास बाटो छनोट गर्न निरन्तर समर्थन दिने बताउँदै प्रवक्ता वनबिनले एमसीसी भन्दा नेपालकै संविधान माथि हुने पनि विश्वास लिएको बताए ।

‘चीनले नेपालको संसदबाट एमसीसीसँगै पारित गरेको ‘व्याख्यात्मक घोषणा पत्र’ देखेको छ। अन्तर्राष्ट्रिय विकास र सहकार्यले पारस्परिक समानता र समानताको सिद्धान्तको पालना गर्नुपर्ने, सम्बन्धित मुलुकको सर्वभौमिकता र जनताको इच्छालाई सम्मान गर्नुपर्ने, अरु मुलुकको आन्तरिक मामिलाको हस्तक्षेप गर्न नहुने, कुनै पनि राजनीतिक पूर्वशर्त नथप्ने, आफ्नो हितका लागि अरु मुलुकको सर्वभौमिकता र हितलाई हानी नपुर्‍याउनुपर्ने कुरामा चीनले धेरै पटकमा जोड दिँदै आएको छ’ उनले पत्रकार सम्मेलनमा भने।

आइतबार नेपाली संसदले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा प्रवक्ता वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक शर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताए ।

  • १६ फाल्गुन २०७८, सोमबार १८:११ प्रकाशित