प्रचण्डको स्पष्टिः सहमति बनोस भनेर लागे तर भएन, संविधान नै खतरा पर्ने भएपछि एमसीसी पारित गरियो

केन्द्रभाग मिडिया

File photo

काठमाडौँ ।  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताएका छन् ।

एमसीसीबारे पार्टीभित्र समेत समस्यामा परेपछि दाहालले त्यसबारे सोमबार पत्रकार सम्मेलन मार्फत् स्पष्टीकरण दिएका हुन् । ‘राष्ट्रिय सहमति बनोस भनेर लागे तर भएन । यसले त शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेँ’ उनले भने,‘ त्यसैले यो निर्णयमा पुगिएको हो ।’

उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपाकालमा नै प्रस्ताव गरेको तर त्यो बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप लगाएका छन् ।

  • १६ फाल्गुन २०७८, सोमबार १५:५२ प्रकाशित