सत्तारुढ दल नेपाली कांग्रेसले प्रदेश १ सरकारको तीन महिने कार्यकाल प्रभावकारिता, परिणमुखी नदेखिएको निष्कर्ष निकालेको छ। कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले गठबन्धन सरकार गठबन्धनको संस्कृति र मुल आत्माबाट विमुख भएको देखिएको ठहर गरेको छ।
कांग्रेस प्रमुख सचेतक सुर्यमाराज राईले दलहरूबीच सहमति, मन्त्रीहरूबीच समन्वय, मन्त्री तथा मुख्यमन्त्रीबीच सरसल्लाह, दल दलहरू र नेतानेताहरूबीच पनि समन्वयको अभाव देखिएको बताए। प्रदेश नामकरणको विषय सरकारले तुरुन्त टेबल गर्नपर्नेमा कांग्रेसले जोड दिए पनि सरकार गम्भीर नभएको उनले बताए।
कांग्रेसको संसदीय दलको नेता कोइरालालाई उच्चस्तरीय समयन्त्रको संयोजक तोकिएको तर त्यहाँ जुन तहमा समन्वय र सरसल्लाह गर्नुपर्ने त्यो नदेखिएको टिप्पणी गरे। यस्तै‚ बैठकमा मुख्यमन्त्री कार्यालयबाट गैरआधिकारिक व्यक्तिले कर्मचारीलाई सरुवा गरिदिन्छु भन्दै आतंकित गर्ने काम गरिएकोबारे पनि छलफल भएको बताए।