काठमाडौं ।
काभ्रेको बनेपास्थित पुल बजारमा शंकास्पद वस्तु फेला परेको छ । नो एमसीसी खतरा लेखिएको वस्तु भेटिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ ।
आज एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट पार्टी र दुईवटा मोर्चाले बन्दको आह्वान गरेका छन् ।