२ लाख राशीको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा

केन्द्रभाग मिडिया

पोखरा, १५ फागुन ।

पोखरामा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराले स्वर्गीय गुरुङको नाममा संगीत पुरस्कार घोषणा गरेको हो । आइतबार आयोजित पत्रकार सम्मेलनमा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार समितिका संयोजक सरुभक्तले दुइ लाख राखीको पुरस्कारको घोषणा गरे ।

सरुभक्तले दुइ÷दुइ वर्षमा नेपाली सांगीतिक क्षेत्रमा उल्लेख्य योगदान गरेको व्यक्तीलाई उक्त पुरस्कार प्रदान गरिने जानकारी दिए । अमर गुरुङको सम्मानार्थ पुरस्कार घोषण गरिएको उनले बताए ।

पुरस्कारका लागि २० लाखको अक्षयकोष स्थापना गरिने पत्रकार सम्मेलनमा पुरस्कार समितिका सह–संयोजक तिर्थ श्रेष्ठले जानकारी दिए । अक्षयकोषको ५० प्रतिशत रकम जम्मा भइसकेको र अन्य सहयोगीसंग अक्षयकोष स्थापनाका लागि आग्रह गरिने श्रेष्ठले बताए ।

पुरस्कार घोषणा गरेको समितिले अर्को वर्ष पुरस्कार वितरण गरिने जनाएको छ । नेपाली संगीत क्षेत्रमा अतुलनीय योगदान गरेका व्यक्तीले पुरस्कार पाउने छन् । पुरस्कारले नेपाली संगीत क्षेत्रको उत्थान र प्रवद्धनमा सहयोग पुगने आशा व्यक्त गरिएको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार १८:१९ प्रकाशित