गण्डकी अपडेटः २२ जनामा संक्रमण, ५५ जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २०० जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका १३, म्याग्दीका ३, तनहुँ २, नवलपरासीका २, स्याङ्जाका १ र बागलुङका १ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ८५८ पुगेको छ भने निको हुनेको संख्या १ लाख एक ५५ पुगेको छ ।

हाल प्रदेशमा २३९ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये २२९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ रहेको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार १६:२१ प्रकाशित