पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी पनि

केन्द्रभाग मिडिया

काठमाडौं ।
आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसर्पण गरेका अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी परेको छ।

इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि शाहले आज आत्मसर्पण गरेका थिए ।

उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । जाहेरी दर्ताको प्रक्रियामा रहेको छ ।

२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ । ​

  • १५ फाल्गुन २०७८, आईतवार १६:०६ प्रकाशित