काठमाडौँ ।
बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छोडेको हो । भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।
प्रर्दशनकारीले हरेक दिन जसो प्रर्दशन गर्दा पैदल यात्रुलाई सास्ती भएको छ ।माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, राप्रपाका कार्यकर्ताहरु उत्रिएपछि नयाँबानेश्वरस्थित संसद भवन बाहिर हिड्ने पैदल यात्रीलाई समस्या भएको हो ।