एमालेले एमसीसी छलफल र मतदानमा भाग नलिने

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एमसीसी पारित गर्ने भनिएको आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध जारी रहने जनाएको छ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दलले अघि सारेका माग सम्बोधन नभएको भन्दै संसद्‌मा एमालेको अवरोध यथावत् रहने बताए। हाम्रो विषय जहाँको त्यहीँ छ। वेल घेराउ र नाराबाजी जारी रहन्छ, उनले भने।

हामीलाई संसद्को प्रक्रियामा भाग लिने वातावरण नै बनाइएन। प्रक्रियामै सहभागी नभएपछि हामी यसमा पक्ष वा विपक्षमा भन्ने नै भएन।
सत्ताधारी गठबन्धनका दलहरुबीच अमेरिकी अनुदान सम्झौता एमसीसी पारित गर्ने सहमति भएसँगै सम्झौताको विपक्षमा उभिएका समूहहरूले संसद् भवन बाहिरको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

ुएमसीसी चाहिँदैनु भन्ने प्लेकार्डसहित भेला भएका प्रदर्शनकारीहरूले एमसीसी पारित नगर्न आह्वान गर्दै नाराबाजी समेत गरेका छन्।

प्रदर्शनका कारण तीनकुनेदेखि माइतीघरसम्मको सवारी आवागमन अवरुद्ध रहेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

संसद् भवन आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ।

  • १५ फाल्गुन २०७८, आईतवार १४:०८ प्रकाशित