एमसीसी पारित गर्ने तयारी, बानेश्वरमा ठुलो संख्यामा प्रहरी तैनाथ

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता पारित गर्ने सरकारको तयारी छ ।

यसैबीच एमसीसी विरुद्ध विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

प्रर्दशनकारीले विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा ठूलो संख्यामा प्रहरी खटाइएको हो ।

  • १५ फाल्गुन २०७८, आईतवार १३:११ प्रकाशित