अभिनेता पल शाहले गरे तनुहँ प्ररीमा आत्मसर्पण

केन्द्रभाग मिडिया

तनहुँ ।
अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

यौन दुराचारको आरोप लागेका अभिनेता पल शाहले आइतबार प्रहरीसामु उपस्थित हुने बताएका थिए । एक नाबालिग गायिकाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै तनहुँ प्रहरीमा उजुरी दिएपछि प्रहरीको फरार सूचीमा रहेका अभिनेता शाह प्रहरीसामु उपस्थित भएका हुन् ।

आफू बिरामी रहेको र घर व्यवहार मिलाउँदा तथा शुक्रबारबाट रिलिज भएको आफ्नो चलचित्रलाई असर नपरोस् भनेर प्रहरीसमक्ष उपस्थित हुन नसकेको भन्दै क्षमा याचना गरेका शाहले आइतबार प्रहरीसमक्ष उपस्थित हुने बताएका छन् ।

  • १५ फाल्गुन २०७८, आईतवार १२:३३ प्रकाशित