गठबन्धानमा एमसीसी पास गर्ने निर्णय भइसके पछि एसको स्थायी कमिटी बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बानेश्वरमा शुरु भएको छ । गठबन्धनमा एमसीसी पास गर्ने निर्णय भइसके पनि समाजवादीले पार्टीबाट अझै एमसीसीबारे निर्णय लिएको छैन । त्यसैका लागि स्थायी कमिटी बस्न लागेको हो ।

अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकबाट फर्किएपछि स्थायी कमिटी बैठक शुरु भएको हो । नेता नेपाल पार्टीको बैठकबाट निर्णय लिन बाँकी रहेको भन्दै निर्णय नगर्न गठबन्धनको बैठकमा समय मागेका थिए ।

नेपाललाई प्रधानमन्त्रीले अब पर्खिन नसक्ने जावफ दिएका थिए । गठबन्धनमा एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरिसकेको छ ।

  • १५ फाल्गुन २०७८, आईतवार १२:०९ प्रकाशित