पोखरा ।
नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पोखराको सभागृहमा अगुवा कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई छिट्टै काठमाडौ जाने भन्दै बीचमै सम्बोधन गरेका थिए । सम्बोधन गर्न सुरुगरेलगत्तै सभागृहको छानोमा पानी परेको आवाज सुनियो ।
ओलीले भाषण गर्दागर्दै फेरी असिना प¥यो कि पोखरामा भनेर उपस्थित नेता कार्यकर्तालाई सोधे । आवाज सुनिएको एकीन भएपछि असिना परेको बेला जहाज नचल्ने भन्दै असिना परुन्जेल आफूले सम्बोधन गरिरहने बताए । उनी माओवादी केन्द्र लक्षित ‘छलाङ, क्रमबद्ध,…. लगायतका सब्दावली’ प्रयोग गर्दै थिए । यत्तिकैमा एमाले गण्डकीका उपसचिव रस्मी आचार्य ओली सम्बोधन गरिरहेको ठाउँमा पुगे । अनि अध्यक्ष ओलीलाई मोवाइलमा केही हेर्न इसारा गरे ।
ओलीले आफ्नो सम्बोधनकै बीच मोवाइल नियाले अनि गठबन्धन विरुद्ध झनै अक्रोसित भए र भने, ‘मलाई यो थाहा थियो । उनीहरु गठबन्धन तोड्न सक्दैनन् । तोडे ढिलो पिठो हुन्छ । मेरो चाहना पनि यिनीहरु मिलेरै चुनाव लडुन भन्ने हो ………..