माधव नेपालसँगको छलफलपछि प्रचण्ड बालुवाटारमा

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गर्न बालुवाटार पुगेका हुन् । प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मा पनि साथमा छन् ।

यसअघि प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई बालुवाटार बोलाएर एमसीसीमा सहयोग गर्न आग्रह गरेका थिए । गठबन्धन जोगाएर एमसीसी टुंगोमा पुर्‍याउन नेता नेपाल सहमत भएका थिए ।

अमेरिकी सहायता परियोजना एमसीसी पनि पारित गर्ने र सत्ता गठबन्धन पनि जोगाउने मध्यमार्गी उपाय खोज्न माओवादी र एकीकृत समाजवादी कसरतमा लागेका बेला माधवसँग छलफल गरेर प्रचण्डले प्रधानमन्त्रीसँग वार्ता थालेका छन् ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १७:२२ प्रकाशित