काठमाडौं ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटलगत्तै नेपाल छलफलमा जुटेका हुन् ।
देउवासँगको भेटलगत्तै अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा शीर्ष नेताहरूसँग अनौपचारिक छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल चलिरहेको एकीकृत समाजवादीको संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए ।
शुक्रबार बिहान धनगढीबाट काठमाडौं आएलगत्तै अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर छलफल गरेका थिए ।