रुस–युक्रेन युद्धको बाछिटा: नेपालमा पर्न थाल्यो यस्तो असर

केन्द्रभाग मिडिया

काठमाडौं ।

रुस र युक्रेन बीचको युद्ध दिनदिनै चर्किदै गएको छ ।

हालसम्म १३७ युक्रेनीले युद्धमा ज्यान गुमाएको युक्रेनी समाचार माध्यमहरुले जनाएका छन् । युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्किन नेपाल सरकारले आग्रह गरेको छ। रुस–युक्रेनको युद्धको असर नेपालसम्म पनि पर्न थालेको छ ।

रुसले युक्रेनमाथि सैन्य हमला सुरु गर्नुभन्दा अघिदेखि आर्थिक क्षेत्रमा पर्न थालेको असर हमलासँगै झनै बढेको हो । रुस र युक्रेनबीच युद्धको सुरूवातसँगै नेपालमा सुन, चाँदी, खानेतल र पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्न सुरु गरिसकेको छ ।

रुस र युक्रेन आपसमा युद्ध भिडिरहँदा विश्व बजार नै त्यसको बाछिटाले ग्रस्त हुने छ । त्यससँगै नेपालको बजारसमेत यी दुई मुलुकको युद्धको चपेटाबाट बच्न नसक्ने देखिएको छ ।

खासगरी, नेपालले विदेशबाट आयात गर्ने वस्तुहरूको मूल्य आकासिने देखिएको छ भने औद्योगिक कच्चा पदार्थको मूल्य समेत उकालो लाग्ने देखिएको छ ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १३:०६ प्रकाशित