प्रतिनिधि सभा बैठक आज पनि स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्।

अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए।एमसीसी सम्झौतााथि सैद्धान्तिक छलफलको कार्यसूची रहेकोमा विहीबार माओवादीले मतविभाजन मागेर सरकारको प्रस्ताव असफल बनाउने सूचना पाएपछि प्रधानमन्त्रीले स्थगित गराएका थिए ।

नेकपा एमालेसँगको छलफल टुंगो नलागेको र सत्ता गठबन्धनमा सहमति नभएको अवस्थामा सरकारले बैठक आइतबारसम्मका लागि स्थगित गर्न सभामुखलाई आग्रह गरेको हो ।

  • १३ फाल्गुन २०७८, शुक्रबार १२:५८ प्रकाशित