परमादेशी सरकारमा एमाले सामेल हुनै सक्दैनः विष्णु पौडेल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन कायम रहेको अवस्थामा नेपाली कांग्रेससँग आफ्नो पार्टीसँग सहकार्य नहुने स्पष्ट पारेका छन् । उपाध्यक्ष पौडेलले भने, “हिजोको बैठकमा हाम्रा अध्यक्ष केपी ओलीले गठबन्धन छ कि छैन भनेर सोध्नुभएको थियो । हामीले थाहा पाए अनुसार गठबन्धनसँग १६५ सिट छ । अहिलेसम्म त्यो गठबन्धन भताभुंग भएको देखिएको छैन ।

उहाँहरुलाई सोध्दा गठबन्धन छ नै भन्नुहुन्छ । गठबन्धन छ भने एमालेसँग किन अनुरोध गर्ने रु अनुरोध गर्ने हो भने एमालेको माग पूरा गर्नुपर्‍यो कि परेन ?” सत्ता गठबन्धन रहेको अवस्थामा सरकारले संसद्मा लगेको एमसीसीको पक्ष वा विपक्षमा एमाले उभिने कल्पना पनि नगरेको पौडेलले बताए । उनले थपे, “प्रचण्डजीहरुले पहिले एमसीसी संसद्मा टेबल भयो भने समर्थन फिर्ता लिन्छौं भन्नुभएको थियो । अहिले विपक्षमा मतदान गर्ने गरिरहनुभएको छ । उहाँहरु सरकारबाट बाहिरिने मुडमा हुनुहुन्छ जस्तो मलाई लाग्दैन । यस्तो अवस्थामा कसरी कांग्रेस र एमालेको सहकार्य हुन सक्छ ?”

एमाले नेता पौडेलले सर्वोच्च अदालतको परमादेशी सरकारमा पार्टी सहभागी नहुने पनि दाबी गरे । उनले भने, “पहिलो कुरा त हामीले उठाएका मुद्दा सम्बोधन हुन्छन् कि हुँदैनन् रु एमालेले कारबाही गरेका १४ सांसदलाई हटाउने कि नहटाउने रु सभामुखले राजीनामा दिने कि नदिने रु हाम्रा माग सम्बोधन नभएसम्म सरकारको सहभागिताको प्रश्न कहाँ हुन्छ रु अर्को कुरा नेकपा एमाले परमादेशी सरकारमा सामेल हुँदैन ।”
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको कुरा हावादारी भएको पनि उनले बताए । उनले भने, “प्रचण्डको कुरामा विश्वास गर्नु जरुरी छैन ।

हाम्रो अध्यक्षसँग प्रचण्डले सदनको अवरोध कसरी खोल्ने, मिलेर जाऊँ भनेको हो । हाम्रा अध्यक्षको विरुद्धमा १९ पृष्ठ लामो फर्जी आरोप फिर्ता, सभामुखको राजीनामा र १४ जना व्यक्तिलाई सांसदबाट कारबाही गर्न सहमत हुनोस् भन्यौं हामीले । यो नभएको स्थितिमा हामी संसद्को कार्यसूचीमा प्रवेश गर्न सक्दैनौं ।

एमसीसी बारेमा नेकपा एमाले अनिर्णयमा बस्ने कुरा छैन । हाम्रा कुरा लुकेको पनि छैन । पहिलो कुरा गैरकानुनी कामको अविलम्ब अन्त्य हुनुपर्‍यो । सदनमा सहभागी हुने परिस्थिति बन्नुपर्‍यो ।”

  • १३ फाल्गुन २०७८, शुक्रबार ११:१७ प्रकाशित