मापसे गरी आफ्नै श्रीमतीलाई छुरा हान्ने श्रीमान पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

मापसे गरी आफ्नै श्रीमतीलाई छुरा हान्ने श्रीमान पक्राउ परेका छन् । छुरा प्रहारबाट श्रीमती घाईते भएकी छिन् ।

बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका ९ सिनामंगलमा डेरा सञ्चालन गरेकी २८ वर्षीय प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

रोकायले मादक पदार्थ सेवन गरी श्रीमतीलाई बिहीबार साँझ घाटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।प्रमिलाको घाटीमा गम्भीर चोट छ ।उनी बोल्न नसक्ने अवस्थामा छिन् । श्रीमानमाथि छानबिन भईरहेको प्रहरीले जनाएको छ।

  • १३ फाल्गुन २०७८, शुक्रबार ०९:५० प्रकाशित