गण्डकी अपडेटः संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघ्यो, आज कति संक्रमित थपिए ? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा ७४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १८४ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका १० जना, मुस्ताङका ३, म्याग्दीका १, तनहुँका ३, स्याङ्जाका २ र पर्वतका २ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ८२४ पुगेको छ भने निको हुनेको संख्या १ लाख ५२ पुगेको छ ।

हाल प्रदेशमा ३०८ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये २९७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ रहेको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १६:२८ प्रकाशित