बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त, अश्रुग्यास र पानीको फोहोरा प्रहार

केन्द्रभाग मिडिया

काठमाडौं ।

एमसीसी सम्झौताको विरोध गर्दै प्रर्दशनकारी र प्रहरीबीच भिडन्त भएको छ।

नयाँ बानेश्वरमा प्रर्दशनमा उत्रेका सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन आईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।

माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको हो ।

  • १२ फाल्गुन २०७८, बिहीबार १४:२१ प्रकाशित