नेकपा एस सम्बद्ध मोर्चा संगठनले मन्त्री रामकुमारी झाँक्रीको राजीनामा माग गरे

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एकीकृत समजावादी सम्वद्ध मोर्चा संगठनहरुले पार्टीका सचिव तथा शहरी विकासमन्त्री रामकुमार झाँक्रीको राजीमानामा माग गरेका छन् ।

पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा वकालत गरेको भन्दै बुधबार काठमाडौंमा सम्पन्न मोर्चा संगठनहरुको संयुक्त बैठकले मन्त्री झाँक्रीको राजिनामा माग गरेको हो । नेकपा एकीकृत समाजवादीले औपचारिक रुपमै एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । तर, मन्त्री झाँक्रीले भने पार्टीको निर्णयविरीत एमसीसीको पक्षमा राधरणा राख्दै आएकी छन् ।

पार्टीका उपमहासचिव तथा मोर्चा संगठनहरुका प्रमुख विजय पौडेलको अधयक्षतमा बैठक बसेको थियो । सहभागी सबै मोर्चा तथा संगठनका प्रमुखहरुले पार्टीको निर्णयविपरीत बोल्ने छुट कसैलाई नभएको भन्दै मन्त्री झाँक्रीको राजीनामा माग गरेका हुन् ।

बुधबार मोर्चा संगठनको बैठकले राजीनामा माग गर्दै गर्दा मन्त्री झाँक्रीले भने चितवन पुगेर एमसीसीको सवालमा पार्टीले दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेकी थिइन् । चितवनबाटै मन्त्री झाँक्रीले सरकार वा सडक रोज्नसमेत पार्टी नेतृत्वलाई आग्रह गरेकी थिइन् ।

पार्टी सरकारमा रहेकाले एमसीसीको विपक्षमा बोल्नु वा निर्णय गर्नु नहुने भन्दै आएका झाँक्री एकीकृत समाजवादीका एक्ला एमसीसी पक्षधर नेताको रुपमा देखिएका छन् ।

  • १२ फाल्गुन २०७८, बिहीबार १३:४० प्रकाशित