गण्डकी अपडेटः २१ जनामा संक्रमण, २३ जना संक्रमणमुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही समयमा २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २४२ जनामा परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ।

संक्रमित हुनेमा कास्कीका १२ जना, म्याग्दीका ३, लमजुङका १,तनहुँका १, स्याङ्जाका १, पर्वतका १ र बागलुङका १ जना रहेका छन् । यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १ हजार ८०३ पुगेको छ भने निको हुनेको संख्या ९९ हजार ९७८ रहेको छ ।

हाल प्रदेशमा ३६१ सक्रिय संक्रमित रहेका छन् ।ती मध्ये ३५० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४६४ रहेको छ ।

  • ११ फाल्गुन २०७८, बुधबार १६:३५ प्रकाशित