लोसपाको बैठक बस्दैः एमसीसीबारे आधिकारिक धारणा बनाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दैँछ । मेलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बस्न लागेको हो

बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए ।

‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आएपनि पार्टीको आधिकारिक धारणा आएको छैन । पार्टीको धारणा के हो त त्यसको बारेमा छलफल गर्न आज हामीले संसदीय दलको बैठक बोलाएका छौँ, उनले भने, ‘आजको संसदीय दलको बैठकले एमसीसीको बारेमा धारणा तय गर्नेछ ।’ ​संसद्‍बाट एमसीसी पारित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गरिने बताए ।

एमसीसी नेपालको हितमा रहेको र यसलाई पारित गराउनु नै राम्रो हुने बताउँदै उनले कसैको जुँगाको लडाइँका कारण विकास कार्यलाई अवरोध गर्न नहुने बताए ।​ लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । पार्टीमा पनि सबै नेताबीच एमसीसीको बारेमा एकमत रहेको छ । आज संसदीय दलको बैठक बसी त्यसको आधिकारिक धारणा पार्टीमा सर्कुलर गर्नेछ ।

  • ११ फाल्गुन २०७८, बुधबार १०:०२ प्रकाशित