रहेनन् लोक गायक तथा कलाकार जयनन्द लामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत भेटिएको बताइएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।उनीले हाल टेलिसिरियल हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

  • ११ फाल्गुन २०७८, बुधबार ०९:०० प्रकाशित