काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न मंगलबार बिहान खुमलटार पुगेका थिए ।
भेटमा वैद्यले प्रचण्डसँग अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल गरेको बताइएको छ । संशोधनबिना एमसीसी टेबल कसरी भयो भन्ने जिज्ञासा वैद्यको थियो । एमसीसी राष्ट्रघाती भएको भन्दै वैद्यले त्यसलाई संसदमा विफल पार्न लागि पर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
वैद्यको पार्टी एमसीसी खारेज गनुपर्ने पक्षमा छ । प्रचण्ड कम्युनिष्ट नै नरहेको बताउने वैद्य खुमलटार पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।