कांग्रेस महानगरले भन्यो :आफु खुशी कुनै पनि पदमा उम्मेदवारी घोषण गर्दै सामाजिक संजालमा पोष्ट नगर्नु

केन्द्रभाग मिडिया

पोखरा ।
आफु खुशी स्थानीय तहको उम्मेदवारी घोषणा नगर्न नेपाली कांग्रेस पोखरा महानगर समितिले सचेत गराएको छ । मंगलबार एक विज्ञप्ती जारी गदै कांग्रेस महानगर सचिव द्धय गणेश बहादुर थापा र टुवराज बास्तोलाले उम्मेदवारको अन्तिम टुन्गो नलागेसम्म कसैले पनि नेपाली कांग्रेस पार्टीको नामसंग जोडेर कुनै पनि पदको लागि सामाजिक संजाल तथा समाचार मार्फत उम्मेदवारी घोषण नगर्न नगराउन आग्रह गरेका छन् ।

कांग्रेसको विधान २०१७ तथा नवौँ संसोधन २०७५ को व्यवस्था अनुसार केन्द्रीय समितिले उम्मेदवारको अन्तिम टुन्गो नलाग्दा सम्म उम्मेदवारी घोषणा नगर्न विज्ञप्तीमा भनिएको छ ।

आउदो स्थानीय तहको निर्वाचनको लागि पार्टीले घोषण पत्र तयारीको काम गरिरहेको विज्ञप्तीमा जनाइएको छ ।

  • १० फाल्गुन २०७८, मंगलवार १४:५५ प्रकाशित