एमसीसीको विपक्षमा मत हालेपनि सरकार छोड्दैनौं : मेटमणि चौधरी

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले एमसीसी पास वा फेल जे भएपनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् । उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता नहुने जिकिर गरे । उनले एमसीसीमा मतदान हुने दिन आफ्नो पार्टीका सांसदहरुले बहिष्कार पनि नगर्ने र तटस्थ पनि नबस्ने भन्दै विपक्षमा मतदान गर्ने स्पष्ट पारे ।

आज  रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अहिले एमसीसी सदनमा टेबुल भयो । हामी किन यसको विरोधमा छौं भन्ने कुरा धेरै पहिलेदेखि नै भनेका छौं । हामी त जनताको हितमा कुरा गर्छौं ।

जनतामा एमसीसीविरुद्धको मनौवैज्ञानिक छ । यो संवैधानिक हिसाबले बेठिक छ। यो एमसीसी किन सदनमा टेबुल गरियो रु यो गलत छ । यसमा अमेरिकाको नियत नै बेठिक छ । एमसीसी आईपिएसको पार्ट हो भनेर अमेरिकी अधिकारीहरुले भनेका छन, यो भनेपछि यो सुरक्षासँग जोडिएको छ । अमेरिकन अधिकारीहरुले पनि पटक–पटक एमसीसी आईपिएसको पार्ट हो भनेर भनेका छन् ।’

अब एकीकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गर्छ कि के गर्छ रु भनेर सोधिएको प्रश्नमा चौधरीले भने–‘यही पोजिसनमा एमसीसी लागु हुन दिन्नौं । पास गर्दैनौं । यो कुरा हामीले जनताले सुन्ने र बुझनेगरि भनिसकेका छौं । अनि संसदमा हामी बहिष्कार र न्यूट्रल पनि बस्दैनौं । विपक्षमा मतदान गर्छौं ।

गठबन्धनको कुरा के हुन्छ रु त्यो मतलव होइन । साझा न्यूनतम कार्यक्रममा पनि यो एमसीसी परेको थिएन । गठबन्धन त आवश्यकत्ताको उपज हो । यो गठबन्धन नबनाएको भए मुलुककमो संवैधानिनक प्रणाली रहने थिएन । मुलुकलाई अराजकताबाट बचाउनको लागि यो गठबन्धन बनाएका हौं । प्रणाली स्थापना गर्न गठबन्धन बनाएका हौं । सरकारबाट बाहिरिने कुरा हामीले सोचेका छैनौं ।’

उनले एमसीसीको सवालमा सांसदहरुलाई ह्वीप लगाउन नहुने पनि धारणा राखे । उनले भने–‘पार्टीले भन्दैमा सांसदले ल्याप्चे हान्ने कुरा बेठिक हो। एमसीसीबारे मतदानमा सांसदहरुलाई फ्रि छोड्नुपर्छ । हामी छलफलमा भाग लिन्छौं । १६ गते विपक्षमा भोट हाल्छौं । हाम्रो पार्टीका सबै सांसदहरु भोटिङको दिन संसद् बैठकमा आउनुहुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एमसीसी ग्रो गर्न भूमिका निर्वाह गरेकोले आज विपक्षमा उभिने कुरा गलत भएको टिप्पणी गरे

  • ९ फाल्गुन २०७८, सोमबार १८:२२ प्रकाशित