गण्डकीमा आवेदन दिएको एक हप्तामा लाइसेन्स दिन्छौँ : मन्त्री खड्का (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले यातायात कार्यालयको अव्यवस्था समाप्त पार्ने दावी गरेका छन् । आइतबार नयाँ प्रयोगत्मक परिक्षाको सुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खड्काले बर्षौसम्म लाइसेन्स दिन नसक्नु सरकारको अराजकताको पराकाष्ट भएको बताए ।

यसको अन्त्य आवश्यक हरेको बताएका मन्त्री खड्काले आवेदन दिएको एक हप्तामा लाइसेन्स सेवग्राहीको हातमा दिने घोषणा गरेका छन् । आउने आसार पछि चारपाङग्रे सवारीको लाइसेन्स लिन चाहनेले आवेदन दिएको एक हप्ता लाइसेन्स पाउनुहुन्छ, उनले भने । दुइपाग्रे सवारीको हकमा दशै पछि एक हप्तामा लाइसेन्स प्राप्त गर्ने उनले दावी गरे ।

सरकारको कामको मुल्याङ गर्ने कार्यालय लाइसेन्स कार्यायल भएकाले यसको सुधार आवश्यकता रहेको उनले बताए ।
मन्त्री खड्काको भनाई

  • ८ फाल्गुन २०७८, आईतवार १८:२२ प्रकाशित