संसदमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

केन्द्रभाग मिडिया

पोखरा ।

लामो समयको विवादका बीच अज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ ।

अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभगी भएका थिए ।

  • ८ फाल्गुन २०७८, आईतवार १३:०३ प्रकाशित