काठमाडौं ।
नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिंसा भड्काउने विचारहरु भने स्वीकार्य नहुने बताएका हुन् ।
‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं । एमसीसीको विषयमा पनि हाम्रो धारणा त्यही हो, सामाजिक सञ्जालमा भनिएको छ,आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ । तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।